माओवादीबाट उम्मेदवार बन्न ४ मापदण्ड, महिलालाई बढी प्रार्थमिकता - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

माओवादीबाट उम्मेदवार बन्न ४ मापदण्ड, महिलालाई बढी प्रार्थमिकता



काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि उम्मेदवारी मापदण्ड तयार पारेको छ। मापदण्ड अनुसार महिलाले बढी प्रार्थमिकता पाउने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मापदण्ड बारे जानकारी दिँदै सोही आधारमा उम्मेदवारी दिइने बताए। उनले कसैको गोजीबाट ल्याएका उम्मेदवारले ठाउँ नपाउने समेत बताएका छन् ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई मंगलबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तीन वटा आधार बनाइएको जानकारी दिएका हुन्।

प्रचण्डले भने, ‘१- जित्ने उम्मेदवार हुनुपर्ने, २- जित्ने मात्र होइन इमान्दार र पार्टीको नियम कानुनप्रति प्रतिबद्ध हुनुपर्ने, ३- समानुपातिक समावेशी ध्यान दिने, र ४- महिलालाई बढी प्रार्थमिकता।’

अध्यक्ष प्रचण्डले सकेसम्म महिला जित्ने सम्भावना भएका ठाउँमा महिला नेता उठाउने प्रष्ट पारे। अध्यक्ष प्रचण्डले यसपाली गठबन्धनबाट माओवादीले ६० सिट हाराहारीमा भाग पाउने समेत बताएका थिए ।