मन्त्रिपरिषद् हेरफेरको तयारी, माओवादीले मन्त्रालय गुमाउने - Himal Post Himal Post
  • ११ फाल्गुन २०८१, आईतवार
  •      Sun Feb 23 2025
Logo

मन्त्रिपरिषद् हेरफेरको तयारी, माओवादीले मन्त्रालय गुमाउने



काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। आफ्नो पहिलो भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्।

सरकारलाई समर्थन गरिरहेको सके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।

१० पुसमा प्रधानमन्त्री भएका प्रचण्डले ९ जेठमा मात्र सरकारलाई पूर्णता दिएका थिए। तर जनमत पार्टीलाई सरकारमा ल्याउनुपर्ने भएकाले मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको प्रधानमन्त्री प्रचण्ड निकट माओवादीका एक नेताले जानकारी दिए।

मन्त्रिपरिषदले पूर्णता पाइसकेकाले जनमत पार्टी सरकारमा आउँदा माओवादी केन्द्रले एउटा मन्त्रालय छाड्नुपर्ने हुन्छ।

माओवादीबाट उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्ति बस्नेत, सञ्चारमन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रकाशनमन्त्री अमनलाल मोदी र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती छन्।