मन्त्रिपरिषदले गरेका आजका निर्णयहरु ! - Himal Post Himal Post
  • १८ मंसिर २०८१, मंगलवार
  •      Tue Dec 3 2024
Logo

मन्त्रिपरिषदले गरेका आजका निर्णयहरु !



शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको बैठक वैशाख २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले वैशाख २३ गते अपरान्ह ४ बजे अधिवेशन आहृवान सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक व्यवस्था छ ।

सञ्चार राज्यमन्त्री गोकुल बाँसकोटाकाअनुसार मन्त्रिपरिषदले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधीवक्ता रमादेवी पराजुलीलाई नियुक्त गरेको छ ।

यसैगरी वीरगञ्जस्थित एकीकृत एकीकृत भन्सार चेकपोस्ट (आईसीपी) को भन्सार क्षेत्र निर्धारणको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

यस्तै आन्तरिक शान्ति र सुव्यवस्थासम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय भएको छ ।