मन्त्रीमण्डल फेरबदल हुने पक्का: बोल्ड निर्णय गर्दै ओली र प्रचण्ड - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

मन्त्रीमण्डल फेरबदल हुने पक्का: बोल्ड निर्णय गर्दै ओली र प्रचण्ड



काठमाडौं । लामो समयको चर्चापछि अन्तत: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीमण्डल परिवर्तनको निर्णयमा पुगेका छन्। सरकारको काम कारबाही र शैली प्रति विभिन्न खाले प्रश्न उठिरहेका बेला अध्यक्षद्वयले यस्तो निर्णयमा पुगेको प्रधानमन्त्रीनिकट स्रोतले बताएको छ।

स्रोतका अनुसार जुनसुकै बेला पनि मन्त्रीमण्डल फेरबदल हुनसक्ने जनाइएको छ । यसैको तयारीका लागि पछिल्लो समय दुई अध्यक्ष ओली र प्रचण्ड घनिभूत छलफल गरिरहेका छन्।

सरकार बनेको केहि समयपछि हल्ला चलिरहेको भएपनि अहिले भने यसैको तयारीमा अध्यक्षहरू नै तयारी गरिरहेकाले मन्त्रीमण्डल परिवर्तन गर्ने यकिन भएको हो ।

सरकारको काम प्रभावकारी नबनाए जनमत घट्दै जाने निष्कर्षमा पार्टी नेतृत्व पुगेको स्रोतको दाबी गर्दै स्रोतले भन्यो मन्त्रिपरिषद् हेरफेरको प्रक्रिया सुरू भइसकेको छ ।

कुन मन्त्रालयमा को हुने भन्ने अझै टुङ्गो नलागेको तर यो छिट्टै टुङ्गो लाग्ने बताइएको छ। स्रोतको भनाई अनुसार यो निर्णयको लागि धेरै समय भने नलाग्ने बुझिएको छ ।

दसैं अगाडी नै मन्त्रीमण्डल परिवर्तन हुने सङ्केत देखिएकोले अहिले पार्टीका नेताहरू लबिङको लागि दौडधुप गरिरहेको समेत स्रोत बताउँछ।