प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रधानमन्त्री ओलीले डाके मन्त्रीपरिषद बैठक



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गराएर फर्किएपछि उनको प्रत्यक्ष उपस्थितिमा आइतबार मन्त्रीपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले आइतबार मध्याहन्न साढे १२ बजेका लागि मन्त्रीपरिषदको बैठक बोलाएको उनको निजी सचिवालयले जनाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

प्रधानमन्त्री ओली गएको शुक्रबार स्वदेश फर्किएका हुन् । उपचारका लागि उनी सिंगापुर रहेका बेला पनि मन्त्रीपरिषद सदस्यसँग भिडियो लिंकमार्फत दुई पटक छलफल गरेका थिए ।

ओली उपचार गराएर फर्किएपछि बस्न लागेको पहिलो बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने जनाइएको छ । मन्त्रीपरिषदको आइतबारको बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ ।