मन्त्रीको गाडीमै ट्राफिक प्रहरीले ठोके ताल्चा - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

मन्त्रीको गाडीमै ट्राफिक प्रहरीले ठोके ताल्चा



जनकपुरधाम- पछिल्लो समय सरकारी गादिहरूलई पनि ट्राफिकले कारबाही गरेका खबर आइरहेका छन् । बिबाद र व्यवहारका कारण चर्चामा हारेपनि प्रहरीले गरेका कतिपय कामले भने जनता खुसी हुने गरेका छन् ।

यस्तै एउटा उदाहरण बनेको छ प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले चढ्ने गरेको सरकारी गाडी । मन्त्रीको गाडी नै ट्राफिक कारवाहीमा परेको छ । सरकारी गाडीहरु जनकपुरधाममा ट्राफिक उल्लंघन गरिरहेको खबर आएपछि ट्राफिक प्रहरी सक्रिय भएका छन् ।

यसैक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले चढ्ने गरेको सरकारी गाडी ट्राफिक प्रहरीको कारवाहीमा परेको छ ।

राज्यमन्त्री यादवले चढ्ने गरेको ज १ झ ४३९ नम्बरको झण्डावाला गाडीलाई ट्राफिक प्रहरीले शिवचोकदेखि भानुचोकको बिचमा ह्वील लक गरी कारवाही गरेको हो ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेको बेला राज्यमन्त्री यादव लगायत अन्य केही विशिष्ठ व्यक्तिको सरकारी नम्बर प्लेटका गाडीहरु शिवचोकदेखि भानुचोकको बिचमा नो–पार्किङ एरियामा राखिएको थियो ।

ट्राफिक प्रहरीले मन्त्रीको गाडी लगायत ना १ झ १६६७ र स १ झ ५१२ नम्बरको सरकारी गाडीहरुमा समेत ह्वील लक लगाएका छन । केही भारतीय नम्बर प्लेटका गाडीलाईपनि कारवाही गरिएको छ ।