साढे ७ मा मन्त्रीपरीषद बैठक: आइजीपी नियुक्ति आजै - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

साढे ७ मा मन्त्रीपरीषद बैठक: आइजीपी नियुक्ति आजै



काठमाडौं- प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक पुन: आज बेलुकी बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक साँझ साढे ७ बजे सुरु हुनेछ।

शीर्ष राजनीतिक तहमा सहमति जुट्न नसक्दा बिहान बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकबारे निर्णय गर्न सकेको थिएन। भावी महानिरीक्षकमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीच तीव्र प्रतिस्पर्धा छ।

आइजिपी नियुक्तिबारे सहमति जुटाउन बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा बादलको बैठक बसेको थियो।

नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। त्यसकारण सरकारले आजै नयाँ आइजिपी नियुक्ति गर्नुपर्ने बाध्यता छ।