मन्त्रिपरिषद् बैठकका ६ निर्णय यस्ता छन - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

मन्त्रिपरिषद् बैठकका ६ निर्णय यस्ता छन



काठमाडौं- आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बिमस्टेकको सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। शिखर सम्मेलनका लागि आवश्यक उपसमितिहरु बनाइने निर्णय समेत गरिएको छ।

यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय:
– जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन, सीमा प्रशासन कार्यालय, अध्यागमन कार्यालय, कारागार कार्यालयका संगठन संरचना र दरबन्दी स्वीकृत गरियो। यसले ती कार्यालयहरुमा कामहरु अघि बढाउन सहज हुनेछ।

– प्रशासकीय अदालत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने।

– बिमस्टेकको चौथो शिखर सम्मेलन भदौ १४ र १५ वा २१ र २२ नेपालमा आयोजना गर्न सदस्य राष्ट्रहरुलाई प्रस्ताव गर्ने। त्यसका लागि आवश्यक उपसमितिहरु बनाइने।

– काठमाडौं-तराई प्रदेश द्रुत मार्ग सडक आयोजना सञ्चालन कार्यविधि २०७५ स्वीकृत। सडक निर्माणको काम छिटो सम्पन्न गर्न समितिहरुलाई निर्देशन दिने तथा नियमन र अनुगमन जारी राख्ने।

– कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने।

– गत बैसाखमा सुरु गरिएको विद्यार्थी भर्ना अभियानबाट अहिलेसम्म विद्यालय आउन नसकेका ३ लाख १३ हजार बालबालिकामध्ये ६९ हजार बालबालिका मात्र विद्यालय बाहिर छन्। २ नम्बर प्रदेशमा सबैभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइयो। त्यसैले दोस्रो चरणको अभियान सुरु गर्ने र विद्यार्थीलाई विद्यालयसम्म पुर्यााउने वातावरण बनाउने।