सचिवालय बैठकद्वारा मन्त्री परिवर्तन गर्ने निर्णय
काठमाडौँ– पछिल्ला दिनमा चर्चाको विषयबनेको मन्त्रिपरिषद सदस्य परिवर्तनले एक दुई दिन मै पूर्णता पाउने भएको छ ।
आइतबार बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले त्यसका लागि अनुमति दिएको छ।
यससँगै प्रधानमन्त्रीले ओलीले मन्त्रिमण्डल परिवर्तन गर्ने बाटो खुलेको छ । स्रोतका अनुसार साेमबार या मंगलबारसम्म केही मन्त्रीहरु हटाउने र नयाँ ल्याइने छ ।
बैठकमा प्रधानमन्त्री ओलीले औपचारिक रुपमा मन्त्री परिवर्तन गर्नेबारे प्रस्ताव गरेका थिए र त्यस कामलाई अघि बढाउन सचिवालय सदस्यहरुले अनुमति दिएका थिए।
यसबारे आफ्ना पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लै पटक–पटक छलफल गरेको पृष्ठभूमिमा ओलीले सचिवालय बैठकमै त्यसबारे कुरा राखेका हुन्।
दाहालले मन्त्रीपरिषद परिवर्तन हुन लागेको अभिव्यक्ति धेरै पहिलेदेखि सार्वजनिक रुपमा दिँदै आएपनि त्यसलाई ओलीले टार्दै आएका थिए। तर अब भने त्यसले गति लिने देखिएको हो।
उपचारका लागि विदेश जानुपूर्व अन्य काम जस्तै मन्त्रीपरिषद् परिवर्तन गर्ने ओलीको चाहना अनुसार काम अघि बढेको बताइएको छ ।