मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ? - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मन्त्रीलाई प्रश्न सोध्दा कार्यक्रम नै बन्द ! के थियो त्यस्तो प्रश्न ?



सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसार हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए ।,आजको कान्तिपुरमा यो खबर छ ।