मन्त्री खनाललाई डेंगुको संक्रमण,ग्राण्डी अस्पतालमा भर्ना - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

मन्त्री खनाललाई डेंगुको संक्रमण,ग्राण्डी अस्पतालमा भर्ना



काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए ।

ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।

निदान हस्पिटलले डेंगु भएको आशंकामा मन्त्री खनाललाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।

मन्त्री खनाललाई हिजो (बुधबार)देखि ग्राण्डी अस्पतालमा भर्ना गरी स्वास्थ्य उपचार शुरु गरिएको जनाइएको छ ।

अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । गत बैशाखमा सुनसरीबाट फैलिएको डेंगु हाल देशभरका ४८ जिल्लामा डेंगु फैलिएको छ ।

साउनदेखि यता मात्रै २५ सय ५९ जनामा डेंगु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।