बिचरा, मन्त्रीको काम छैन - आफन्तको ‘खाजा घर’ उद्घाटन - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बिचरा, मन्त्रीको काम छैन – आफन्तको ‘खाजा घर’ उद्घाटन



विराटनगर। प्रदेश १ का एकजना मन्त्रीले आफन्तको खाजाघर उद्घाटन गरेपछि आलोचित भएका छन् । सामाजिक सञ्जालमा उनको चर्चा भैरहेको छ ।आफैले बनाएको कार्यविधिलाई उल्लंघन गरेर उनले  ‘खाजा घर’को उद्घाटन गरेपछी उनि आलोचित भएका हुन् ।

काम नापाएपछी मन्त्रीले यस्तो समेत गर्न भ्याए भन्दै सञ्जालमा युवाहरुले आक्रोश पोखेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिहीबार विराटनगरमा ‘खाजा घर’को उद्घाटन गरेपछि उनको एकाएक चर्चाको चुलिएको छ । मन्त्रालयमा कामकाज नभएपछि मन्त्री घिमिरे झिनामसिना कार्यक्रमको उद्घाटन र रिबन काट्न हिँड्ने गरेको चर्चा पनि हुन थालेको छ ।

मन्त्री घिमिरेले केही समयअघि पत्रकार सम्मेलन गरेर मन्त्रालयबाहेकको कार्यक्रममा नजाने घोषणा गरेका थिए ।

सरस्वती ओझा र निलम ढुंगेलले विराटनगरको सात घुम्तीमा सञ्चालन गरेको ‘लाफिङ खाजा घर’ को मन्त्री आचार्यले चम्चाले बेलुन फुटाएर उद्घाटन गरेका छन् ।

खाजा घर उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मी पनि सहभागी थिइन् ।

मन्त्रालयको योजना कार्यान्वयनका साथै अन्य काम प्रभावित भइरहेको भन्दै औपचारिक कार्यक्रममा नजाने घोषणा गरेका मन्त्री घिमिरेले आफ्नी बहिनीहरूले सञ्चालन गरेको खाजा घर भएकाले प्रोत्साहन गर्नका लागि आफू व्यक्तिगत रुपमा उद्घाटन गर्न गएको प्रतिक्रिया दिएका छन् ।