६ जना मन्त्री हेरफेर, उपसभामुखलाई मन्त्री बनाइने - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

६ जना मन्त्री हेरफेर, उपसभामुखलाई मन्त्री बनाइने



काठमाडौं- प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे।

ओलीले ६ जना मन्त्री हेरफेर गर्नसक्ने बालुवाटार स्रोतले बतायो।

शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ।

ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो।

सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।