काठमाडौैंमा मन्त्रीकै घरबाट ६ लाख चोरी - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

काठमाडौैंमा मन्त्रीकै घरबाट ६ लाख चोरी



काठमाडौं– काठमाडौंमा चोरीका घटना बढ्दै गएका छन्। शुक्रबार एक मन्त्रीकै घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

प्रदेश ३ का भौतीक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो। मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि दिउसो करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो। सुन लगायत धनमाल चोरी भएका छन्।

मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तका डिएसपी अच्युत पुडासैनीले बताए।