मन्त्रालयमा गुप्तचरको शाखा - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

मन्त्रालयमा गुप्तचरको शाखा



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लैजाने तयारी गरेपछि गृह मन्त्रालयले मन्त्रालयमै गुप्तचरको एक शाखा राख्ने भएको छ। मन्त्रालयमा विभागका सह अनुसन्धान निर्देशक (एसएसपी) को नेतृत्वमा सूचना समन्वय तथा विश्लेषण इकाइ स्थापना गर्न लागिएको छ। मन्त्रालयको नयाँ संगठन संरचना मन्त्रिपरिषद्‌बाट स्वीकृत भइसकेको छ।

इकाइमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका १/१ जना एसपी रहनेछन्। त्यस्तै, ४ जना प्रमुख अनुसन्धान अधिृकत तथा २ जना वरिष्ठ अनुसन्धान सहायकको दरबन्दी राखिएको छ।

सुरक्षा तथा समन्वय महाशाखाको प्रत्यक्ष मातहतमा रहनेगरी नयाँ शाखा स्थापना गर्न लागिएको हो। तीनै वटा सुरक्षा निकायबाट आएका सूचनालाई एकीकरण गरी विश्लेषण गर्न सो शाखा स्थापना गर्न लागिएको मन्त्रलायका एक अधिकारीले बताए।

त्यस्तै, मन्त्रालयमा उपसचिवको नेतृत्वमा गुनासो व्यवस्थापन शाखा पनि स्थापना गर्न लागिएको छ। नयाँ संगठन संरचनामा महाशाखाहरु भने थपघट गरिएको छैन। विपद् व्यवस्थापन महाशाखालाई विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा बनाइएको छ।

गृहमा पहिलेजस्तै प्रशासन महाशाखा; सुरक्षा तथा समन्वय महाशाखा; आन्तरिक व्यवस्थापन महाशाखा; नीति, योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखा; विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा र कानुन महाशाखा रहने छन्।

मन्त्रालयमा २ उपसचिव, ४ अधिकृतसहित कर्मचारीको दरबन्दी कटौती गरिएको छ।

यस्तो छ गृहको नयाँ संगठन संरचना