स्वास्थ्य मन्त्रालयले भन्यो- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

स्वास्थ्य मन्त्रालयले भन्यो- फरक स्वरुपमा कोरोना संक्रमण देखियो, अनिवार्य मास्क लगाउनू



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको बताएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ।

मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मास्क प्रयोग गर्नु हुन, एक अर्कामा भौतिक रूपमा दुरी कायम राख्नु हुन र व्यक्तिगत सरसफाइमा ध्यान दिनु हुन हार्दिक अनुरोध गर्दछौं।’

पछिल्लो समय नेपालमा ओमिक्रोन भेरियन्टका संक्रमित मात्रै फेला परेका छन्। ‘केही देशहरुमा संक्रमणका नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गएको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निगरानि बढाउने एवं सम्बन्धित देशहरुसँग समन्वय गर्ने कार्य गरिरहेको छ,’ मन्त्रालयले भनेको छ।

छिमेकी मुलुकहरूमा देखिएको बिएफ ७ भने नेपालमा पुष्टि नभएको मन्त्रालयको भनाइ छ।