सहमति खोज्न मन्त्रिपरिषद बैठक सर्‍यो - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

सहमति खोज्न मन्त्रिपरिषद बैठक सर्‍यो



काठमाडौँ । मंगलबार दिउँसो बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी बोलाएको बैठक बुधबार बिहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।

मन्त्रिपरिषद बैठक बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि आफ्नो पार्टीसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुसँग पनि छलफल गर्ने तयारी गरेको जानकारी परियारले दिए।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मत परिणाम घोषणा गर्न सकेको छैन ।यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।