मानसी किड्स् प्यालेस: एउटा सम्पूर्ण प्याकेज - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

मानसी किड्स् प्यालेस: एउटा सम्पूर्ण प्याकेज



काठमाडौं- भनिन्छ नि ‘बच्चाहरू काँचो माटो जस्तै हुन्, सानैदेखि जुन आकार दिन सक्यो त्यहि बन्छन ।’ यो सामान्य उखान मात्र होइन, निकै ठुलो वास्तविकता बोकेको यो भनाईले हाम्रा बच्चाहरूको भविष्य बोकेको छ ।

उपत्यकाभित्र ब्यस्त जीवन बनेपछि आफ्नो बच्चालाई प्रि-स्कुल पठाउने प्रचलन बढेको छ । विकशित राष्ट्रहरूमा निकै पहिलेदेखिनै बच्चालाई प्रि-स्कुल पठाउने र शारीरिक र मानसिक रूपमा सबल बनाउने ट्रेन्ड थियो ।

कतिपयको त यस्तो मान्यता छ कि बच्चा समयमा बोल्न नसकेमा पनि यस्ता स्कूलहरूले निकै मद्दत गर्छन । त्यहाँ बच्चाहरू आफ्नै उमेरका साथीहरुसंग रमाउँदै बोल्न पनि सिक्छन ।

शिक्षा मात्र होइन बदलिँदो समयमा आफ्नो बच्चालाई सक्षम बनाउन पनि अहिले प्रि-स्कुलहरूले मद्दत गर्ने गरेका छन् । यस्तै राजधानीको ब्यस्त बजारमा खुलेको एउटा सुबिधा सम्पन्न प्रि-स्कुल हो मानसी किड्स प्यालेस ।

मन्टेश्वरी शिक्षाको जग बसाल्ने आधार भएकोले अनुभवी व्यक्तिहरू मिलेर मानसी किड्स प्यालेस संचालन गरेको यसका संचालकहरू बताउँछन ।

डिल्लीबजारमा रहेको मानसी किड्स प्यालेसले बच्चाहरुको सर्वाङ्गीण विकासलाई ध्यान दिएर विद्यालयको पूर्वाधार तयार गरेको संचालक बताउँछन् । खेल स्टेशनदेखि लिएर बच्चाहरुको न्युरो मोटर सीप तथा आँखा र हातको संयोजनको लागि चाहिने मन्टेश्वरी ल्याव स्थापना गरिएको संचालक बताउँछन् ।

प्रि–स्कुलमा कलिला बालबालिका पढ्ने हुँदा त्यहाँको पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । प्राय प्रि–स्कुल सानो क्षेत्रमा सञ्चालन गरेको पाइन्छ तर बच्चाहरुलाई कक्षाकोठामा मात्र सीमित नभइ बच्चाहरुको क्रियाकलाप बढी गराउन खुल्ला ठाउँ हुनुपर्दछ । त्यसैलाई मध्यनजर गरेर आफुहरुले ठूलो क्षेत्रफलमा प्रि–स्कुल सञ्चालन गरेको बताउँछिन् प्रिन्सिपल सीता अर्याल।

प्रि–स्कुल फगत स्कुल मात्र होइन त्यो एउटा घर समाज र दुनियाँको प्याकेज हो । त्यसैले त्यहा हुने सम्पूर्ण क्रियाकलाप र त्यहाँ प्रायोग गरिने भाषाले बच्चाको दिमागमा छाप बनाउँछ । यो सबै प्याकेज बनाउन त्यहाँको जनशक्ति र क्षेत्रफलले निकै ठुलो भूमिका निर्वाह गर्दछ ।

प्रि–स्कुलमा हुने प्रिन्सिपल, शिक्षिका र अन्य कर्मचारी बाल प्रेमी हुनुपर्दछ । तालिम प्राप्त शिक्षिका नभएमा बच्चाहरुको स्वभाव र मानसिकता बुझ्न कठिन हुन्छ ।

कलिला बालबालिकालाई पढाउने पाठ्यक्रम बच्चाको शैक्षिक, मानसिक र शारीरिक वृद्धि हुने खालको हुनुपर्दछ । पढाउने नाममा बच्चाहरुलाई धेरै पढाउदा बच्चाहरुमा पढाईप्रति वितृष्ण हुने डर हुन्छ । त्यसैले बच्चाहरुको पाठ्यक्रम कक्षा १ लागि सहयोग हुने खालको हुनुपर्ने मानसी किड्स प्यालेस की प्रिन्सिपल अर्यालको बुझाई छ ।

प्रिन्सिपल अर्याल भन्छिन्, ‘बच्चाहरुलाई पाठ्यक्रमका कुराहरुमा मात्र सीमित गर्नु कदापी हुँदैन । उनीहरुलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक ज्ञानहरु पनि दिइनुपर्छ ।’

प्रि–स्कुलमा बच्चाहरु करिब ६ घण्टा रहने हुदा बच्चाहरुको खानामा विशेष ध्यान दिन पर्नेहुन्छ । बच्चालाई कम्तिमा २–३ पटक खुवाउने व्यवस्था हुन्छ । सफा र पौष्टिक खानेकुरा प्रि–स्कुलको अनिवार्यता नै हुनुपर्दछ । त्यसले बच्चाको शारीरिक विकासमा मद्दत गर्दछ ।

‘प्रि–स्कुलले बच्चाहरुको शैक्षिक, मानसिक, शारीरिक र समाजिक विकासमा मद्दत गर्ने भएकोले आफ्ना बाबु नानीलाई राख्नु अघि अभिभावक आफैंले बुझेर भर्ना गर्नुपर्छ,’ अर्याल अगाडि थप्छिन्, ‘बच्चाहरुको शैक्षिक जग कमजोर नहोस भन्नेमा अभिभावक सचेत हुनुपर्दछ ।’

सरस्वति पूजा नजिकिंदै जाँदा आफ्ना बच्चालाई कहाँ राख्ने भन्ने सबैको दुबिधा पनि हुने गर्दछ। प्रि–स्कुलको नाममा खुलेका विभिन्न खाले व्यापारीक केन्द्रहरूबारे अभिभावकहरू सचेत हुन जरुरी छ ।