६० जना ठग्ने म्यानपावरका सञ्चालक पक्राउ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

६० जना ठग्ने म्यानपावरका सञ्चालक पक्राउ



काठमाण्डौ – डेल्टा म्यानपावरका सञ्चालक राजन केसी विदेश पठाइदिने भन्दै पैसा ठगेको अरोपमा पक्राउ परेका छन् ।

तुर्किमिनिस्तान पठाइदिन्छु भन्दै ६० जनासँग प्रति व्यक्ति ४ लाखका दरले पैसा उठाएर  विदेश नपठाएपछि केसी पक्राउ परेका हुन् । पीडितले बानेश्वरमा रहेको म्यानपावरको कार्यालयबाट सञ्चालक केसीलाई नियन्त्रणमा लिएर वैदेशिक रोजगार विभागमा बुझाएका थिए ।

पीडितको उजुरीका आधारमा वैदेशिक रोजगार विभागले आवश्यक कारबाहीका लागि केसीलाई प्रहरी कार्यालयमा पठाएको हो ।