मेनपावर व्यवसायीले विदेश कामदार पठाउन बन्द गर्ने - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

मेनपावर व्यवसायीले विदेश कामदार पठाउन बन्द गर्ने



काठमाडौं- वैदेशिक रोजगार व्यवासयीहरुले भोलिदेखि विदेश कामदार पठाउन बन्द गर्ने पूर्वघोषित कार्यक्रम यथावतै रहेको जानकारी गराएका छन्। अघिल्लो साता काठमाडौंमा भेला भइ उनीहरुले ६ बुँदे माग सरकारसँग राखेका थिए।

माग पुरा नभए जेठ १७ देखि कामदार उडान रोक्ने घोषणा गरेका थिए।

सरकारले आफूहरुको माग पुरा नभएकाले कामदारको उडान भोलिदेखि बन्द गरिने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षा रोहन गुरुङले जानकारी दिए।

भोलिदेखि सात दिनका लागि कुनै पनि व्यवसायीले कामदारको टिकट नलिएको गुरुङले जानकारी दिए।

सरकारले मेनपावरको धरौटी बढाएपछि व्यवासयीहरु आन्दोलित भएका थिए। उनीहरुले धरौटी रकमको ब्याज पाउनुपर्ने तथा अन्य सुविधा र छुटको माग गरेका छन्। ‍