म्यानपावर कम्पनीमा एजेन्ट राख्न प्रतिबन्ध - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

म्यानपावर कम्पनीमा एजेन्ट राख्न प्रतिबन्ध



काठमाडौं- वैदेशिक रोजगार व्यवसायीहरुले आफ्ना म्यानपावर कम्पनीमा प्रतिनिधि (एजेन्ट) राख्न नपाउने भएका छन्।

केही नेपाल ऐन संसोधन गर्न बनेको ऐन २०७५  सरकारबाट २०७५ फागुन ११  प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संसोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको हो।

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि काम एजेन्टमार्फत नगराउन सरकारले सूचना समेत जारी गरेको छ।

यदि एजेन्टमार्फत् वैदेशिक रोजगारीका काम कारबाही अघि बढाइएमा सरकारले त्यस्ता म्यानपावरलाई कारबाही गर्ने जनाएको छ।

एजेन्टमार्फत् वैदेशिक रोजगारीमा जटिल किसिमका ठगि बढ्दै गइरहेकाले सो ठगिको अन्त्य गर्नका लागि एजेन्ट खारेजीको प्रकृया अगाडि बढाइएको विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए।