गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए



बुटबल । गुण्डा नाइके मनोज पुनसहित दुई जना प्रहरीको कार्वाहीमा मारिएका छन् । रुपन्देहीको देवदह–४, भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएपछि जवाफी कार्वाहीमा चलाएको गोली लागेर पुन र उनका सहयोगीको मृत्यु भएको हो ।

पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाहीमा गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले पुष्टि गरे ।सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका पुन र उनका सहयोगी सोम आलेको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलु तथा काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा पुन समूहले लिएको थियो ।

एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो। राजनीतिक रुपमा पनि प्रहरीलाई दवाव आउन थालेको थियो।

आपराधिक काममा संलग्न रहि फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनु अगाडी पनि भन्दै आएका थिए।

तत्कालिन गृहमन्त्री तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समुहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए।

पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो।

एमालेका स्थानिय नेता सिद्धिचरण भट्टराई लगायतलाई पुनको समुहले धम्कयाउँदै आएको छ।

पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो।

यूवा संघ रुपन्देहीका तत्कालिन कोषाध्यक्ष समेत रहेका पुन आपसी लेनदेनको कुरामा मनमुटाव भएपछि आफ्नो समुह बनाएर धम्की फिरौती र हत्यामा संलग्न रहँदै आएका थिए।