दुई चर्चित उद्घोषिकाले एकै गीतमा कमाल गरेपछि... - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

दुई चर्चित उद्घोषिकाले एकै गीतमा कमाल गरेपछि…



मौलिक तीजको गीत र संस्कारको खडेरी लागेको बेला दुई चर्चित अद्घोशिकाहरुले एउटा मौलिक गीतमा कमाल गरेका छन् । देश देखि विदेश सम्म स्टेज कार्यक्रम कब्जा गरेकी मञ्जु पौडेल र उकाली ओरालीबाट देश विदेशका दर्शक रिझाएकी अनुशा पौडेल एकै गीतमा छमछमी नाचेको भिडियो सार्वजनिक भएपछि तीजको रौनक अझै थपिएको छ ।

माइतीको आँगन बोलको एउटा मौलिक गीतमा सँगै देखिएका मञ्जु र अनुशा पौडेल निकै नै दमदार तरिकाले प्रस्तुत भएका छन् ।

दुई जना उद्घोषिका नाचेको यो गीत भने मञ्जु पौडेलको हो । उक्त गीतमा मञ्जु पौडेलकै स्वरवद्ध गरेको गीतमा दिग्गज धौरालीको शब्द रहेको छ ।
गीतमा मौसम हिमालीको निर्देशन,दुर्गा पौडेलको छायाँङकन रहेको छ भने बिएम एस म्युजिकले बजारमा ल्याएको छ ।

 भिडियो: