सायद स्त्री–पुरुषवाला माया मेरो भाग्यमा नै छैन होला:मनिषा कोइराला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सायद स्त्री–पुरुषवाला माया मेरो भाग्यमा नै छैन होला:मनिषा कोइराला



काठमाडौं । बलिउड अभिनेता संजय दत्तको बायोग्राफिक फिल्म ‘सजुं’ मा उनकी आमा अभिनेत्री नगरिस दत्तको भुमिकामा देखिएकी मनिषा कोइरालाको भनाई अनुसार अब उनले रमाईलो माया पिरतीको संसारलाई कुरिबसेकी छैनन् ।

मनिषा भन्छिन ‘सायद स्त्री–पुरुषवाला माया मेरो भाग्यमा नै छैन होला । खुसिको कुरा यो पनि होकी फेरी गलत नातासंग जोडिनु भन्दा वास्तविकतालाई स्विकार गरु ।’

म कहिले पनि कुनै पुरुषले मलाई दुःखी बनाउने सोच नबनाओस् भन्ने चाहान्छौ । क्यान्सर जस्तो रोगसंग लडेर नयाँ जिन्दगी पाएकी अभिनेत्रीले अगाडी भनिन् भगवानले मलाई नयाँ जिन्दगी फेरि त्यस्तै गल्ती नर्गनलाई नै दिएका हुन ।

प्हिला भन्दा समझ्दार र साधारण अनि सुन्दररुपमा देखीएकीले भनिन ‘मेरो संसार भिन्नै भईसकेको थियो तर मेरो अनुभवले मलाई लगनशिल र ईमान्दार बनायो । जब तपाईको जिन्दगी खतरामा हुन्छ तब तपाईलाई आफ्नो भाग्यमा विश्वास लागेर आउँछ । ’

उनी अभिनित फिल्ममा क्यान्सर रोग कै भुमिकामा देखीएकी उनले भनिन ‘यो भुमिका त्यति सजिलो त कहाँ थियो र ? त्यस पिडा, चोटमा फेरी बाच्नु कहाँ सजिलो थियो र ?’ मैले नरगिस भएर बाँच्ने कोसिस गरे ।