‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक



असार ८ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता मनिष सुन्दर श्रेष्ठ र अभिनेत्री तथा पूर्वमिस नेपाल मलिना जोशी स्टारर फिल्मको ट्रेलरमा मेकिङ समेत रिच देखिन्छ ।

विकाश बस्याल निर्देशित फिल्मको ट्रेलरले प्रेम र विछोडको कथा बोल्छ । पूर्ण रुपमा लभस्टोरी कथामा निर्माण गरिएको फिल्मको कथा पनि निर्देशक बस्यालकै हो । फिल्ममा स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतकाको पनि अभिनय रहेको छ । माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस फिल्ममा रोशन श्रेष्ठले द्वन्द्व निर्देशनको जिम्मेवारी सम्हालेका छन् ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह(निर्मात्रीमा छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको यस फिल्ममा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।