सरकारको निर्णय: मंसिर ४ गते एकै चरणमा चुनाव
मन्त्रीपरिषदको बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
बुधबार गठबन्धनमा भएको सहमति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीपरिषदको बैठक बोलाएका थिए ।