मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र ?



काठमाडौं- नेकपाका सांसद सांसद शान्ता चौधरीले गुठी विधेयकका बारेमा गलत प्रचार भएको भन्दै आश्चर्य प्रकट गरेकी छिन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले संविधानविपरीत विधेयक नभएको दाबी गरिन्।

दाङको स्वर्गद्धारी गुठीको १२ सय विघा जमिन १६ सय घरधुरी परिवारले जोतभोग गरिरहेको भन्दै उनले मोही किसानको हकमा पनि आवाज उठाउनुपर्ने धारणा राखिन्।

उनले भनिन्, ‘गणतन्त्र किन चाहियो गरिबका लागि बोल्न हुँदैन भने? धर्म हाम्रो आस्था हो, संस्कृति हो, पहिचान हो। तर, मान्छेलाई रुवाएर हाँस्ने भगवान कहाँ हुन्छ र? मैले त यही प्रश्नको जवाफ खोजिरहेछु।’