म्यान्चेस्टर सिटी किर्तिमान दाउमा - Himal Post Himal Post
  • ७ कार्तिक २०८१, बुधबार
  •      Wed Oct 23 2024
Logo

म्यान्चेस्टर सिटी किर्तिमान दाउमा



इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेको म्यान्चेस्टर सिटीले ब्राइटन एण्ड होभलाई ३–१ ले हराएको छ ।

आफ्नो मैदान इथियाद स्टेडियममा भएको खेलमा सिटीले पाहुना टोलीलाई हराउनका लागि डानिलोले १६ औँ मिनेटमा, बर्नार्डो सिल्भाले ३४ औँ मिनेटमा तथा फर्नाडिन्होले ७२ औँ मिनेटमा गोल गरेका थिए ।

जितसँगै सिटीले सबैभन्दा धेरै अंक बनाएर लिग जित्ने कीर्तिमान बनाएको छ । सन् २००४–०५ सिजनमा जोसो माउरिन्होको प्रशिक्षणमा चेल्सीले ९५ अंक बनाउँदै लिग जितेको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले १०० अंक बनाएर कीर्तिमान बनाउने लक्ष्यमा रहेको प्रतिक्रिया दिए । प्रिमियर लिगमा एक खेल बाँकी रहँदा सिटीको ९७ अंक छ । अन्तिम खेलमा सिटीले साउथह्याम्टनसँग प्रतिस्पर्धा गर्नेछ । साथसाथै सिटीले १०५ गोल गर्दै चेल्सीको १०४ गोलको कीर्तिमान पनि आफ्नो नाममा सारेको छ ।

टोटनह्यामले न्यूक्यासल युनाइटेडलाई हराउँदै अर्को सिजनको च्याम्पियन्स लिग स्थान सुरक्षित गरेको छ ।

ह्यारी केनको गोल निर्णायक बन्दा टोटनह्यामले न्युक्यासललाई १–० ले हरायो । केनले खेलको ५० औँ मिनेटमा गोल गरेका थिए । जितसँगै टोटनह्यामले ३७ खेलाट ७४ अंक बनाएको छ । न्यूक्यासल ४१ अंकसहित १० औँ स्थानमा छ ।