कीर्तिमान: म्यान्चेष्टर युनाइटेड एफ ए कपको फाइनलमा - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

कीर्तिमान: म्यान्चेष्टर युनाइटेड एफ ए कपको फाइनलमा



म्यान्चेष्टर युनाईटेड एफए कप फुटवलको फाइनलमा पुगेको छ । आइतबार विहानपख भएको खेलमा टोटनह्याम हट्स्परलाई २–१ ले हराउँदै म्यान्चेष्टर युनाइटेड एफए कपको फाइनल पुगेको हो । यससंगै म्यान यू सवैभन्दा धेरै २०औं पटक एफ ए कपको फाइनल पुग्ने टिम बनेको छ ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा म्यान यू ले टोटनह्यामको १ गोलको अग्रता उल्टाउँदै जित हात पारेको हो । खेलको ११ औं मिनेटमा डेल अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । तर २४ औं मिनेटमा पाउल पोग्बाको पास सदुपयोग गर्दै एलेक्सिस सान्चेजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । ६२ औं मिनेटमा एन्डर हरेराले अर्को गोल थपेपछि म्यान यू एफ ए कपको फाइनलमा प्रवेश गरेको हो ।

उपाधिका लागि म्यान यू ले चेल्सी र साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ ।

यो जीतले जोसे मोरिन्होको टीम म्यान यू लाई इंग्लिस प्रिमियर लिगको उपाधि होडबाट बाहिरिनुपर्दाको पीडामा थोरै भए पनि मल्हम लागेको छ ।