मनाङमा माइनस १९ डिग्री तापक्रम - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

मनाङमा माइनस १९ डिग्री तापक्रम



काठमाडौं- मनाङमा तापक्रम माइनस १९ डिग्री सेल्सियसमा झरेको छ।

तापक्रम माइनसमा झर्दा जनजीवन कष्टकर बनेको छ। धारा, नदी, खोला र तालको पानी बरफ बनेको छ भने जनजीवन अस्तव्यस्त बन्दै गएको छ।

मनाङमा शुक्रबार र शनिबारको तापक्रम माइनस १९ डिग्री सेल्सियस मापन गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।

सदरमुकाम चामेमा २७ र २८ मंसिरमा परेको हिउँ अझै पग्लिएको छैन। चिसो बढेपछि उच्च लेकाली क्षेत्रका गाउँ प्रायः मानवविहीन भएका छन्।

चिसो छल्न स्थानीय काठमाडौं, पोखरा, चितवन लगायतका शहरमा जाँदा गाउँमा मान्छे कम भएका छन्।

पाइपमा पानी जमेर बरफ बनेकाले खानेपानीको समस्या भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले बताए।