मनकामना केबलकार दुई दिन बन्द हुने - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

मनकामना केबलकार दुई दिन बन्द हुने



चितवन : मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ।

कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। चितवन र गोरखा जिल्लालाई जोड्ने मनकामना केबलकार २०५५ मा स्थापना भएको हो।

मनकामना केवलकार नेपालकै पहिलो केबलकार हो।