मनकामना दर्शनकाे लागि जाँदै गरेको बस दुर्घटना:दुई जनाको मृत्यु ,१० भन्दा बढी घाइते

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३, सलाङघाटमा बस दुर्घटना हुँदा एक जनको मृत्यु भएको छ । काठमाडौंबाट गोरखा मनकामना दर्शनकाे लागि जाँदै गरेको बा ४ ख १४१५ बस सडकबाट खसेको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १० जना भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेकाे अहिलेसम्म पहिचान हुने सकेकाे छैन । बसमा २० जना भन्दा बढी यात्रु रहेको जनाइएकाे छ ।
घाइतेहरुको उद्दार कार्य जारी रहेको पनि प्रहरीले कार्यालय गजुरीले जनाएको छ । उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । वृस्तृत विवरण आउँन बाँकी छ।फाईल तस्विर

