चितवनमा विद्यार्थीहरुबीच व्यवस्थापन प्रतियोगिता हुने - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

चितवनमा विद्यार्थीहरुबीच व्यवस्थापन प्रतियोगिता हुने



चितवन ।  चितवनमै पहिलो पटक व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुबीच व्यवस्थापन प्रतियोगिता हुने भएको छ  ।

बोस्टन कलेज भरतपुरको व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले किताबी ज्ञानलाई जीवनमुखी र कार्यमुखी बनाउन राष्ट्रियस्तरको व्यवस्थापन प्रतियोगिता ‘बोस्टन इन्डेभर–२०१८’ आयोजना गरेका हुन् ।प्रतियोगितालाई एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले मूख्य प्रायोजन गरेको छ ।

यस्तै प्रतियोगितालाई सफल बनाउन अल्माइटी एजुकेसन सर्भिस, कोका कोला, ग्राण्ड जेरो, खल्ती डिजिटल वालेट, राईट एण्ड एशोसियट्सले प्रायोजन गरेका छन् ।

प्रतियोगितामा विशेष गरि इन्टरप्रेनरसिप, वेल्थ म्यानेजमेण्ट, ह्युमन रिसोर्स म्यानेजमेण्ट, मार्केटिङ र ग्रुप टास्क विधामा प्रतिस्पार्धा रहने कमल सुवेदीले जानकारी दिए ।प्रतिस्पर्धामा चितवन, पोखरा, काठमाडौं, हेटौंडा, धनगढी, महेन्द्रनगर, नवलपरासीका व्यवस्थापन संकायका विद्यार्थीले भाग लिनेछन् ।

प्रतियोगिताको विजयी कलेजले नगद ५५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने राहुल अग्रवालले जानकारी दिए । प्रतियोगिता यही फागुन २४ र २५ गते बोस्टन कलेज परिसरमै हुने निरज अर्यालले बताए ।