अध्यादेश प्रकरण- मानवअधिकार आयोगले सरकारलाई पठायो यस्तो पत्र
सरकारले रेशम चौधरीलगायतलाई उन्मुक्ति दिने गरी कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको विषयमा राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग जानकारी मागेको छ ।
आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले अध्यादेश ल्याउने निर्णयबारे जानाकारी दिन भन्दै मन्त्रिपरिषद्लाई पत्र पठाइएको जानकारी दिए ।
अध्यादेश ल्याउने निर्णयबारे हामीले मिडियाबाट जानकारी पाएको र अहिले आयोगले सरकारसँग विवरण मागेर पत्र पठाएको बताइएको छ । विवरण आएपछि आयोगले यो विषयमा आफ्नो धारणा बनाउने बताइएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो । सो अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगिसकेको छ । यद्यपि जारी भने भइसकेको छैन । अध्यादेशको चौतर्फी आलोचना भइरहेको छ ।