ममता झुकिन, पत्रकारलाई भनिन जनतालाई समस्या नहोस - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

ममता झुकिन, पत्रकारलाई भनिन जनतालाई समस्या नहोस



कोलकाता । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी हड्तालमा उत्रिएका डाक्टरहरुको सबै मागलाई मान्दै उनीहरुलाई फेरि काममा फर्किन आग्रह गरेकी छन्  । उनले हिंसाको घटनालाई दुर्भाग्यपूर्ण बताउँदै भनेका छन् कि यस मामलामा छिट्टै समाधानमा पुग्ने आश्वासन दिएकी छिन् । ममताले डाक्टरहरुलाई बैठकको लागि बोलाएकी थिइन् । तर, डाक्टरहरुले बैठकमा जाने इनकार गरेका थिए । ममताले भनिन् कि डाक्टरहरुलाई संवैधानिक संस्थाको सम्मान गर्नुपर्छ ।

ममताले प्रेस कन्फ्रेन्स गर्दै भनिन् कि, ‘डाक्टरका साथ भएको कुटपीट दुर्भाग्यपूर्ण हो। हाम्रो सरकार यो मामला सुल्झाउनको लागि हर सम्भव प्रयास गरिरहेको छ । हामीले डाक्टरहरुसँग कुरा गर्ने प्रयास गरिरहेका छौं । तर हामीले प्रतिबद्धता जाहेर गर्दा पनि डाक्टरहरु वार्तामा आएनन् । यस हड्तालको कारण गरिबहरु उपचारको अभावमा तड्पिइरहेका छन् । कम से कम अस्पतालमा इमर्जेन्सी सेवा त जारी राख्नु पर्छ नि। हामी राज्यमा एस्मा ऐक्ट लागू गर्न चाहँदैनौं ।’

ममता भनिन्, ‘हामी डाक्टरका सबै माग मान्छौ। मैले आज र हिजो पनि आफ्ना मन्त्रीहरु, चीफ सेक्रटरीलाई डाक्टरहरुसँग भेटघाट गर्न पठाएका थिए । उनले डाक्टरको प्रतिनिधिमण्डलसँग भेट्नको लागि ५ घण्टासम्म कुरेर बसे तर उनीहरु आएनन् ।

ममता बनर्जीले भनिन्, ‘राज्य सरकार छिट्टै सामान्य चिकित्सा सेवामा फेरि शुरू गराउनको लागि प्रतिबद्ध छन्। १० जूनको घटना दुर्भाग्यपूर्ण थियो। हामी लगातार समाधानको कोशिश गरिरहेका छौं ।