सरकारले मलेसिया कामदार नपठाउने ! - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

सरकारले मलेसिया कामदार नपठाउने !



सरकारले नेपाली श्रमिकमाथि भार पार्ने नीति मलेसियाले नसच्याएसम्म नयाँ श्रमिक नपठाउने भएको छ।

मलेसियाली कम्पनीमाथि श्रमिक छनौट गर्ने प्रक्रिया सुरु गर्न समेत सरकारले रोक लगाएको खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।

सरकारले यो वाध्यकारी निर्णय त्यत्तिकै लिएको होइन। जब मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले शुल्क असुल्न थाल्यो, त्यतिखेरै श्रम मन्त्रालयले परराष्ट्रमार्फत् असहमति जनाएको थियो।

तत्कालिन सरकारले कूटनीतिक रुपमा गरेका प्रयास असफल भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया कामदार नपठाउने नीति लिएका हुन्।