मलेसियामा जाने नेपालीको लागी खुसीको खबर - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मलेसियामा जाने नेपालीको लागी खुसीको खबर



काठमाडौं– गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ। श्रम तथा रोजगार मन्त्रालयको तथ्यांक अनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ।

श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए।

‘विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ’, पाण्डेले भने।

मन्त्रालयको तथ्यांक अनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ। कतारमा यो वर्षमात्र ८१ हजार ३ सय ६४ जना गएका छन्।

आर्थिक वर्ष २०७०/७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १ सय ४९ थिए भने आव २०७२/७३ मा ६० हजार ९ सय ७९ मात्र थिए। अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो।

त्यस्तै २०७०/७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आर्थिक वर्ष २०७२/७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए। (रासस)