अब मलेसिया जाने कामदारको भिसा खर्च कम्पनिले व्यहोर्ने - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अब मलेसिया जाने कामदारको भिसा खर्च कम्पनिले व्यहोर्ने



काठमाडौं । लामो समयपछी नेपाल र मलेसियाबीच हुने श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।

मलेसिया भ्रमणमा रहेको नेपाली टोलीसँग भएको वार्तामा सरकारी उच्च अधिकारीहरुले नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले व्यहोर्ने सहमति जनाएका छन् ।

नेपाली राजदूत कुमारराज खरेलले भने, ‘वार्ता उत्साहजनक भयो । कामदारको हकहित र सुरक्षाका विषयमा दुबै देशका चासो सम्बोधन भएका छन् ।’

राजदूत खरेलकाअनुसार दुबै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने सहमति भएको छ ।

सरकारका केहि पछिल्ला सुधारका कदमले हजारौं हजारौं कामदारहरु जानबाट बन्चित भएका छन् ।