मलेसियामा सात नेपालीको मृत्यु, ३३ बिरामी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलेसियामा सात नेपालीको मृत्यु, ३३ बिरामी



विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा सात नेपालीको मृत्यु भएको छ ।

अरु ८ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन गरेर बिरामी परेका अन्य १५ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । क्वालालम्पुर नजिकै सेलाङ्गोर क्षेत्रमा उक्त घटना भएको हो । मृतक नेपालीमध्ये सबै मजदुर हुन् ।

बिदाको समयमा रक्सी सेवन गरेका उनीहरु बिरामी परेका थिए । उनीहरुले किङफिसर नामको वियर र ह्विस्की पिएको क्वालालम्पुरस्थित नेपाली दूतावासका प्रवक्ता बिनोद मुखियाले जानकारी दिए । मृत्यु हुनेमा २६ वर्षीय विशाल बुढाथोकी र २९ वर्षीय सञ्जय उराउको सनाखत भएको छ ।