मलेसियामा नेपालीको बिजोग: मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १४ गम्भीर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मलेसियामा नेपालीको बिजोग: मृत्यु हुनेको सङ्ख्या १९ पुग्यो, १४ गम्भीर



मलेसियामा विषाक्त रक्सी खाँदा ज्यान गुुमाउनेको संख्या १९ पुुगेको छ । थप १४ जनाको अवस्था गम्भीर छ । ज्यान गुुमाउने तथा गम्भीर बिरामी परेका अधिकांश नेपाली रहेको अनुमान गरिएको छ।

सोमबार विभिन्न तीनवटा ब्राण्डका रक्सी खाँदा उनीहरु बिरामी परेको द स्टार अनलाइनले जनाएको छ । मन्डलिया र ग्रेन्ड रोयल ह्विस्की तथा किंगफिसर बियर खाँदा उनीहरुको ज्यान गएको मलेसिया प्रहरीले जनाएको छ ।

ती रक्सी उनीहरुले विभिन्न पसलबाट खरिद गरेको पाइएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले ती क्षेत्रबाट रक्सी परीक्षणका लागि सुुंगाई बुहोहा नेशनल प्रयोगशालामा पठाएको स्वास्थ्य निर्देशक डा. नन्द हिमाम अब्दुलले बताए ।

विषाक्त रक्सी खानेहरुमा पेट दुुख्ने, बमिट गर्नेजस्ता लक्षण देखिएको केहीबेरमै बेहोस हुने लक्ष्यण देखिएको छ । बिरामीहरुको पनि रगत र पिसाबको नमुुना लिएर आवश्यक परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । ५१ जना बिरामी परेकोमा सेलंगरमा ४५ र ६ जनाको कोआलालम्पुरमा परीक्षण भैरहेको छ ।

तीनजना स्थानीय र बाँकी आप्रवासी कामदार हुन् । ४८ जना आप्रवासी मध्य नेपाली, बंगलादेशी, भारतीय र म्यानमारका नागरिक रहेका छन् ।

उनीहरुलाई थप उपचारका लागि भर्ना गरिएको छ । अरु ९ जना उपचारपछि फर्किएका छन् । विषाक्त रक्सी खाएर बिरामीपरेकाहरु आउनेक्रम बढिरहेको जनाइएको छ ।