भिसा लागेका १७ हजार नेपाली मलेसिया जान नपाउने - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

भिसा लागेका १७ हजार नेपाली मलेसिया जान नपाउने



काठमाडाैं-  भिसा लागेर पनि मलेसिया जान नपाएका नेपाली कामदारले अब फेरि नयाँ प्रक्रिया अपनाएर मलेसिया जानुपर्ने भएको छ। यसरी भिसा लागेर पनि जान नपाएका नेपाली कामदारको संख्या करीब १७ हजार रहेको छ।

गत जेठ दुई गतेदेखि सरकारले मलेसिया जाने कामदारमाथि विभिन्न शीर्षकमा आर्थिक शोषण गर्दै आएका संस्था बन्द गरेसँग त्यहाँ जाने प्रक्रिया पूर्ण रुपमा बन्द भएको थियो। भिसा लागेर प्रक्रिया पूरा भएका १७  हजार कामदारको भिसा अवधि हालै समाप्त भएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरेको भिसालाई कलिङ भिसा भनिन्छ।

सरकारले गत २ जेठबाट मलेसियाका लागि नयाँ श्रम स्वीकृति जारी नगरेपछि भिसा लागेर पनि मलेसिया जान नपाएका कामदारले फेरि सुरुदेखि नै प्रक्रिया अपनाउनु पर्ने भएको मलेसियाका लागि नेपालका राजदूत कुमारराज खरेलले जानकारी दिएका छन्।

अनावश्यक बढी शुल्क लिएर कामदारमाथि शोषण गरेको भन्दे सरकारले कामदार मलेसिया पठाउन रोकेको थियो।  भिसा लागेर आएपछि मलेसिया नजाने आप्रवासी कामदारलाई त्यहाँको अध्यागमन विभागले कालोसूचीमा राख्ने कानुनी व्यवस्था छ। भिसा लागेको कामदार म्यादभित्र मलेसिया नपुगे ५ वर्ष कालोसूचीमा राख्ने गरेको छ।

मलेसिया जाने कामदारले सबै प्रक्रियाका लागि प्रतिव्यक्ति कम्तीमा पनि १३ हजार खर्च गरिसकेको संघले जनाएको छ। कामदारको करीब ४० करोड खर्च भएकाले उनीहरु उड्नबाट बञ्चित हुँदा सबै रकम गुम्ने अवस्स्था भएको भन्तानाको भनाई छ।

हालै नेपाल सरकार र मलेसियाबीच कामदारकाे सबै खर्च राेजगारदाता कम्पनीले नै व्यहाेर्ने सहमति भएको छ।