मलेसियामा हदैसम्मको श्रम शोषण ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मलेसियामा हदैसम्मको श्रम शोषण !



-उमेश बन्जाडे

मलेसियाको ‘डब्लूआरपी’ कम्पनीमा कार्यकरत मजदुरहरू आन्दोलित भएकाछन् । विगत तीन महिनादेखिको पारिश्रमिक नपाएपछि नेपाल लगायतका मुलुकका करिब तिन हजार मजदुर अहिले आन्दोलित भएका हुन ।

आफूहरूलाई हदैसम्मको श्रम शोषण गरेको, कम्पनिले धेरै पटक सचेतना गराउँदा समेत बेवास्ता गरेपछी हिजो देखी आफूहरू आन्दोलन गर्न बाध्य भएको सोही कम्पनीमा कार्यरत मजदुरहरूले नाम नबताउने सर्तमा जानकारी गराएका छन् ।

मलेसियाको सेलेङ्गोर राज्य अन्तरगत सेपाङमा अवस्थित उक्त कम्पनीमा हाल बाह्र सयको हाराहारीमा नेपाली मजदुरहरू कार्यरत रहेका छन् ।

नेपाल सहित इन्डिया, बङ्गलादेश, इन्डोनेसिया, भियतनाम र म्यानमार लगायत मुलुकका करिब तिन हजार मजदुरहरू यति बेला काम ठप्प पारेर प्रदर्शन गरिरहेका छन् । अहिले वस्तुस्थिति बुझ्न नेपाली राजदूतावासका प्रतिनिधि त्यसतर्फ लागेको जानकारी पाइएको छ।

नेपालबाट चर्को मूल्यमा विभिन्न आश्वासन देखाएर मलेसिया ल्याउने र समयमै पारिश्रमिक नदिने कम्पनीहरू मलेसियामा थुप्रै छन् । अझ अन्यत्र भन्दा सेक्युरिटी कम्पनीमा यो बेथिति व्याप्त रहेको देखिन्छ। यद्यपि मजदुरहरूले धेरै पटक गुनासो गर्दा समेत यस विषयमा मलेसिया स्थित नेपाली राजदूतावास बेखबर जस्तै वनेको छ।