दुई नेपालीसहितको ज्यान जानेगरी यसरी भयो मलेसियामा बस दुर्घटना - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दुई नेपालीसहितको ज्यान जानेगरी यसरी भयो मलेसियामा बस दुर्घटना



एजेन्सी–मलेसियामा भएको बस दुर्घटनामा दुई जना नेपालीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा १० विदेशी कामदारसहित एक जना मलेसियन चालकको ज्यान गएको छ। दुर्घटनामा दुई जना नेपाली जगरनाथसिंह दनुवार र रामु चौधरीको ज्यान गएको उनीहरुसँगै कार्यरत रमेश पन्थीले जानकारी दिए।

यस्तै केसव थापा, लोकेस ओली, कृष्णबहादुर पुन मगर, भरत शाही, पदमबहादुर कुवर, सन्तोष कुमार साह, सुमन काम्चा मगर, सन्तोषकुमार यादव, लोकेन्द्र बहादुर शाही, सुरज यादव, महेशकुमार बुढाथोकी, विश्वकर्मा मण्डल घाइते भएका छन्। उनीहरुमध्ये सन्तोषकुमार यादव, लोकेन्द्र बहादुर शाही र भरत शाहीको अवस्था गम्भीर रहेको छ।

मुतियारा कायामास कम्पनीमा काम गर्ने ४३ जना श्रमिक बोकेर कम्पनीतर्फ गइरहेको बस सडकबाट तल खसेको हो। दुर्घटनामा घाइतेहरुको स्थानीय चार वटा अस्पतालमा भइरहेको छ। घाइतेहरुको काजाङ, पुत्राजय, वाङतिङ र सडाङ अस्पतालमा उपचार भइरहेको छ।