मलामी गएर फर्किंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुरमा दुई जनाको ज्यान गयो  - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मलामी गएर फर्किंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा कञ्चनपुरमा दुई जनाको ज्यान गयो 



कञ्चनपुर । मलामी गएर फर्किंदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा आज कञ्चनपुरको वेदकोट नगरपालिका–४ बैतडाका दुई युवकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गको भीमदत्तनगर–दैजी खण्डमा महाकाली नदीबाट फर्किंदै गरेको से १ त ५४२२ नम्बरंको ट्रयाक्टर दुर्घटना हुँदा अन्दाजी ३० वर्षीय प्रेम धामी र ३२ वर्षीय राजेन्द्र जाग्रीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारत र धनगढी सिफारिश गरिएको छ भने सामान्य घाइतेको अस्पतालमै उपचार भइरहेको छ। – रासस