दबंग–३ मा मलाइका आउट ,कारण यस्तो - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दबंग–३ मा मलाइका आउट ,कारण यस्तो



मुम्बई । बलिउड अभिनेता सलमान खानको फिल्म भारतले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ  ।

भारत रिलिज हुनुअगावै सलमानले दबंग–३ को सुटिङ सुरु गरिसकेका थिए । दबंग–३ को सुटिङको फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

दबंग सिरिजअन्तर्गत पहिलो फिल्मको गीत ‘मुन्नी बदनाम हुई’ सुपरहिट भएको थियो । गीतको भिडियोमा सलमानकी भाइबुहारी मलाइका अरोरा थिइन् ।

मलाइका दबंग–२ मा पनि आइटम गीतमा देखिएकी थिइन् । दबंग–३ मा भने मलाइकाको आइटम गीत हुनेछैन । फिल्ममा लभ रात्रिकी नायिका वरिना हुसेन देखिनेछिन् । वरिनाले हालै सलमानका साथ दबंग–३ को आइटम गीतको सुटिङ पनि सकेकी छिन् ।

मलाइका अरवाज खानसँगको सम्बन्धविच्छेदपछि सिंगल छिन् । अहिले अभिनेता अर्जुन कपुरसँगको प्रेमसम्बन्धका कारण चर्चामा छिन् । यही कारण पनि मलाइकाले आइटम गीतमा डान्स गर्न नपाएको बताइएको छ । एजेन्सी