मलाई माफ गर (भिडियो सहित) - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

मलाई माफ गर (भिडियो सहित)



समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतको क्षेत्रमा आफूलाई धेरै विधाहरूमा प्रस्तुत हुन रुचाउने गायक हुन विश्वास नेपाल उनी गायनमा मात्र नभै गीतमा सङ्गीत भर्ने देखि शब्द लेखनमा पनि उत्तिकै चर्चामा छन् तर पछिल्लो समय नेपाल निर्देशनमा पनि देखिँदै आएको पाइन्छ । उनैको निर्देशनमा रहेको प्रेम कथामा आधारित लोक दोहोरी गीत ” माफ गर ” हालै मात्र सार्वजनिक भएको छ ।

अर्घादरवार फिल्मस् को प्रस्तुतिमा बजारमा आएको गीतमा गायक राम्जी खाड र पुर्णकला बि.सिको स्वर रहेको छ गीतको लय शब्द बाबुराम थापाले भरेका छन् भने एरेन्ज विश्वास नेपालकै रहेको छ ।

अरुण सुनारले खिचेको भिडियोमा मोडल अासिर प्रताप जङ र सगुन शाहीको उत्कृट अभिनय रहेको छ ।

https://youtu.be/QVKsomtHKIo