मकाउमा २९५ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न - Himal Post Himal Post
  • १८ मंसिर २०८०, सोमबार
  •      Mon Dec 4 2023
Logo

मकाउमा २९५ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस सम्पन्न



मकाउ,चीन/पुस २७ 
राष्ट्रिय प्रजातन्त्र पार्टीको विदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाज मकाउले विदेशी भुमि मकाउमा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवस जनवरी ५ तारीक(पुष २७)गतेका दिन मकाउ फिसर म्यान स्थित टेष्ट अफ इण्डिन रेष्टुरेन्टमा भव्यताको साथ सम्पन्न भएको छ।

श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहलाई स्मरण गर्दै पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै कार्यक्रम सुरु भएको थियो।राष्ट्र निर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानलाई नेपाल सरकार लगायत केही दुई चार जना बुज्रुक व्यक्तिहरूले भुल्दै गई रहेको र पृथ्वी नारायण शाहलाई नै ओझेलमा पार्न खोजिएको हुँदा  कार्यक्रमका संयोजक एवं प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका सचिव पदम सिंह पन्तले प्रवासी नेपाली एकता समाज मकाउले विदेशी भूमिबाट भए पनि कान र आँखा हुँदा हुँदा पनि देख्न र सुन्न नसकेको सरकारलाई सुनाउन र देखाउनुका लागि र पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरिएको बताउनु भयो  ।

मकाउमा रहेका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहेका राष्ट्रबादी व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथि गैर आवासीय नेपाली सङ्घ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,विशेष अतिथि नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ र प्रवासी नेपाली मञ्च मकाउका अध्यक्ष हर्क बहादुर कुवर,अतिथि पश्चेमेली समाज मकाउका उपाध्यक्ष निरन्जन खड्का साथै अन्य अतिथिहरू हुनु हुन्थ्यो।कार्यक्रममा प्रमुख अतिथि,विशेष अतिथि र अतिथिहरू सबैले नेपालीहरू बिच एकता हुनु पर्ने र पृथ्वी नारायण शाहकै योगदानको बारेमा खुलेरै चर्चा गरेका थिए।मकाउमा प्रथम पटक एतिहासिक तवरबाट कार्यक्रम गर्न सफल भएको र प्रवासी नेपाली एकता समाजमा प्रवेश गर्ने नव प्रवेशीहरू १४ जनालाई खादा लगाएर प्रवेश गराउन सफल भएकोमा प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका सचिव पन्त खुसी छन्।कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता समाज मकाउका तदर्थ समितिका अध्यक्ष शिव शङ्कर चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तव्य तदर्थ समितिकै सचिव पदम पन्तले दिनु भएको थियो।

कर्ण बहादुर अधिकारिबाट