मकाउमा “तयामा -खियामा” दिवस भव्यताका साथ सम्पन्न। - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मकाउमा “तयामा -खियामा” दिवस भव्यताका साथ सम्पन्न।



सञ्जीव कोयी/ मकाउ

ओक्टोवर ८ तारीख सोमवार किराँत राई यायोक्खा मकाउको आह्वानमा किराँती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस आयोजना गरेका थिए।किराँत राई यायोक्खा मकाउको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भीमकुमार राई “किराँती” को सभापतित्वमा कार्यक्रमले औपचारिक रूप लिएको थियो।कार्यक्रमका प्रमुख अतिथि किराया मकाउका वरिष्ठ सल्लाहकार साथै प्रमुख अतिथि केशव राई रहनु भएको थियो भने उहाँ लामो समय मकाउ बसाइको बिट मार्दै आफ्नो जन्म भूमि नेपाल हुँदै फेरी हङकङ आउनु हुने साथै मकाउमा लामो समय रहँदा बस्दा आफ्नो गौरवशाली संस्था किराया मकाउमा ठुलो योगदान दिनु भएको थियो ।

उक्त योगदानको कदर स्वरूप किराया मकाउले वहाँको निम्ति विशेष कार्यक्रम आयोजना गरी सम्मान स्वरूप मायाको चिनो साथै विशेष बिदाइ कार्यक्रमको आयोजना गरेको थियो साथै संस्थाका निवर्तमान सचिव नवीन राईको विशेष योगदानलाई समेत किराया मकाउले कदर गरेको थियो साथै केशव राईले संस्थाको निम्ति भविष्यमा आफ्नो पूर्ण साथ सहयोग सके सम्मान सहभागिता जनाउने प्रण समेत गर्नु भएको थियो।

उक्त कार्यक्रममा मकाउका किरातीहरुको उत्साहजनक र गर्विलो सहभागिता रहेको थियो।उत्साहजनक उपस्थित महानुभावहरूलाई बडो छोटकरी रूपमा मार्मिक तरिकाले संस्थाका निवर्तमान सचिव तथा संस्थाका सदस्य गङ्गा कुमार राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो साथै उपस्थित महानुभावहरूलाई स्वागत मन्तव्य क्रममा किराया अध्यक्ष भीम कुमार राईले विशेष शुभकामना ब्याक्त गर्नु भएको थियो भने हाम्रो पुर्खाहरूले परिकल्पना गर्दै तानबुनेर लत्ता-कपडा साथै किराँत सभ्यताको इतिहासलाई सरल भाषामा व्याख्या गर्नु भएको थियो भने महासचिव मङ्गल राईले मकाउमा हाम्रो गर्भिलो सहभागिता प्रति आभार ब्याक्त गर्नु हुँदै खुसी साट्न पछि पर्नु भएन विशेषता सबै प्रकारका धर्म संस्कारको सम्मान गर्नु पर्दछ भन्नु हुँदै विजय दशमी तथा दीपावलीको समेत अग्रिम शुभकामना ब्याक्त गर्नु भएको थियो । साथै आमन्त्रित अतिथिहरूको आसन ग्रहण र शुभकामना मन्तव्य सकिने बित्तिकै कार्यक्रममा किराँती भेषभुषामा सजिएका “तयामा-खियामा” जस्तै देखिनु हुने हाम्रो चेलीहरू लामबद्ध भएर “तयामा-खियामा” प्रथम दिवस मकाउमा दीप प्रज्वलन गरेर कार्यक्रमलाई औपचारिक स्वरु दिइएको थियो।

यतिखेरै समृद्धि राष्ट्रको कुरा पनि उत्कर्षमा उठिरहेको छ विकास निर्माण विरोधीको कुरा हैन कुरा हो व्यवस्थित विकास निर्माणको विकास निर्माणको क्रममा कुनै पनि खालको धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरू भत्किनु हुँदैन सबै तह तप्का जन प्रतिनिधिले बुझ्नुपर्ने कुरा यही हो। हाम्रो संस्कृति संस्कार जहिले सम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र नेपालको निर्माण गर्न सक्छ त्यसैले हामी हाम्रो महत्त्वपूर्ण संस्कार, संस्कृति, भेष भूषा साथै महत्त्वपूर्ण भाषाहरूको अभिलेखिकरण संक्षण गरौँ भन्ने मूल उदेश्यले विश्व भरी छरिएर रहनु हुने किरातीहरुले आफ्ना आदिम पुर्खाका सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो।