मकाउमा प्रथम पटक खुल्यो नेपाली खाद्य पसल। - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

मकाउमा प्रथम पटक खुल्यो नेपाली खाद्य पसल।



कर्ण बहादुर अधिकारी मकाउ।

चीनको स्वशासीत क्षेत्र मकाउमा प्रथम पटक मकाउमा कार्यरत रहेका नेपालीहरूलाई मध्य नजर राख्दै नमस्ते ट्रेडर्सको नामबाट नेपाली खाद्य पसल खुलेको छ।

४ हजार भन्दा बढी नेपालीहरू कार्यरत रहेको क्षेत्रमा सन १९९६ देखि नै नेपालीहरू कार्यरत रहँदै आएको भए पनि विगत लामो समय देखि नेपाली बजारमा पाइने नेपाली टिपिकल खाद्य सामग्रीहरू नेपालीहरूलाई उपल्ब्ध गराउनका लागि मकाउमा कार्यरत रहेका नेपालीहरूले सोच बनाएको भए पनि हाल आएर नमस्ते ट्रेडर्सका सञ्चालकले नेपाली बजारमा पाइने खाद्य सामग्री पाइने पसल खुलाउन सफल भएका छन्।

उक्त पसलमा नेपाली बजारमा पाइने प्राय सबै खाद्य पदार्थ राखिएको छ।जस मध्ये नेपाली मुस्ताङको मार्फाको दाल,राँगोको सुकुटी,गुन्द्रुक,शुद्ध भैँसीको ध्यू,सिन्की,नेपाली मसलाहरू,नेपाली मह,दालमोठ,चिउरा,कोदोको पिठो,फापरको पिठो,घडी छाप सुर्ती,सूर्य चुरोट,नेपाली अचारको परिकार,जिम्मु,बाइ बाइ चाउचाउ,नेपाली बजारमा पाइने गेडागुडीहरू लगायत कुनै पनि कार्यक्रममा लगाइने खाँदा पनि सहज मूल्यमा पाइन्छ।यसरी नेपाली बजारमा पाइने सामानहरू मकाउमा नै पाउँदा नेपालीहरू पनि खुसी भएका छन्।

उक्त नमस्ते ट्रेडर्सका संचालकसंग यस पसलका विषयमा जानकारी लिन चाहँदा उहाँले विदेशी भूमिमा रहेका नेपालीहरूलाई आफूले सेवा दिन पाउँदा खुसी लागेको साथै आउँदा दिनहरूमा अझै बृहत् रूपमा नेपाली सामग्रीहरू नेपालीहरूलाई उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भएको छ।