मकाउ लभ लिजर फिटनेश क्लबको तर्फबाट मृगौला पीडितलाई आर्थिक सहयोग ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मकाउ लभ लिजर फिटनेश क्लबको तर्फबाट मृगौला पीडितलाई आर्थिक सहयोग !



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

विगत केही वर्ष देखि मकाउमा बिजनेश व्यापार गर्दै आएका समाज सेवी सागर अधिकारीले यस पटक पनि मृगौला पीडित तनहुँ बन्दीपुर झार गाउँ निवासी अरूण गुरूङ्लाई मकाउ लभ लिजर फिट्नेश क्लबको तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।सधैँ भरी सामाजिक कार्यमा अग्रसर हुने अधिकारी तनहुँ निवासी हुन।विगतमा मकाउमा मृत्यु भएका रवि प्रकाश महत्तोको नाममा यिनी आफैले ३००० मोप सहयोग गरेका थिए भने त्यसै गरी सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत रहेका मृगौला पीडित राजु बस्नेतलाई पनि ३००० मोप नै सहयोग गरेका थिए।

मृगौला पीडित अरूण गुरूङ्को दयनीय अवस्था देखेर मकाउ लभ लिजर फिटनेश क्लबको(MACAU LOVE LEISURE FITNESS CLUB)तर्फबाट ३५००मोप र उक्त क्लबमा जिम गर्ने विभिन्न क्यासिनोमा कार्यरत रहेका नेपाली दाजु भाइ र एक जना भारतीयबाट मोप १४०० सङ्कलन गरिएको थियो।

१४०० मोप दिनेहरूमा भोला गुरुङ ५०० मोप,किसन गुरूङ् २०० मोप,नारायण लिम्बु १२० मोप,बिमल गुरुङ १०५ मोप,वीर बहादुर गुरुङ १०० मोप,निशान घर्ति क्षेत्री १०० मोप,दीपक तामाङ १०० मोप,रामचन्द्र घिमिरे१०० मोप र पंकज सिंहले ५० मोप सहयोग गरेका थिए।उक्त रकमलाई मकाउमा कार्यरत रहेका नवराज पराजुली मार्फत पूर्ण गुरूङ्को नाममा ने रु ६४,५०० पठाई उक्त रकम पीडित अरूण गुरुङलाई हस्तान्तरण गरिएको छ।

मकाउ लभ लिजर फिटनेश क्लबका सञ्चालक अधिकारीले क्लबबाट संकलित रकम मध्य २ प्रतिशत रकम सामाजिक कार्यका लागि खर्चिने कुरा यस अघि नै बताई सकेको हुनाले उक्त क्लबमा मकाउमा कार्यरत रहनु भएका नेपालीहरूको मेम्बर बढी भएमा अझै बढी डोनेशन गर्न सकिने कुरा व्यक्त गर्नु हुन्छ अधिकारी तसर्थ उक्त कार्यका लागि भए पनि तपाईहरू क्लबको सदस्य बनी शाररीक ब्याम गरी शरीर स्वस्थ राख्नका लागि मकाउ लभ लिजर फिट्नेश क्लबले आबहान गरेको छ।उक्त रकम संकलन सन्जय अधिकारीले गरेका हुन ।